neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्विडेनलाई पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा

स्विडेनलाई पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा

Jun 30th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार १६

युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।मंगलबार राति भएको खेलमा युक्रेनले स्विडेनलाई २-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र आर्टम डोभबीकले एक एक गोल गरे ।स्विडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए ।

खेलको २७ औँ मिनेटमा युक्रेनका ओलेक्सान्डर जिन्चेन्कोले गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, खेलको ४३ औं मिनेटमा स्विडेनका इमिल फोर्सवर्गले इसाकको पासमा गोल गर्दै १-१ को बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

खेलको ९८ औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो ।स्विडेनका मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए ।जसको फाइदा युक्रेनले उठायो।

अतिरिक्त समयको १२० औं मिनेटमा युक्रेनका आर्टम डोभबीकले गोल गर्दै युक्रेनलाई २-१ को जित दिलाए । आर्टम डोभबीकले जिन्चेन्कोको पासमा गोल गरेका हुन् ।

जितसँगै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्विडेन अन्तिम १६ बाट बाहिरिएको छ ।युक्रेनले अब क्वाटरफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi