neapl investment mega bank
  • गृहपृष्ठ
  • थप २ हजार ६३६ जनामा कोरोना सङ्क्रमण, ४३४८ जना डिस्चार्ज, २० को मृत्यु

थप २ हजार ६३६ जनामा कोरोना सङ्क्रमण, ४३४८ जना डिस्चार्ज, २० को मृत्यु

Jun 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १५ असार

मंगलबार थप २ हजार ६३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ११ हजार ७४८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ३६ हजार ९१६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ७४८ जनाको परीक्षण भएको छ । हालसम्म ३३ लाख ३६ हजार ९४६ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ४३४८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४३४८ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या पाँच लाख ९२ हजार ५३५ पुगेको छ ।

थप २० को मृत्यु

पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७१ पुगेको छ।