neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच सम्झौता

नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच सम्झौता

Jun 29th, 2021

काठमाडौ, असार १५

नेपाल वायुसेवा निगम र हुलाक सेवा विभाग बीच अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्रहरु ओसार प्रसार गर्ने सम्वन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ ।

सन् २०२१ जुलाई १ देखी लागू हुने सो सम्झौता अन्तर्गत हुलाक सेवा विभागले सेवा प्रदान गर्ने र नेपाल वायुसेवा निगमका उडान हुने सम्पूर्ण गन्तव्यहरुमा अव निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्रहरु ढुवानी हुनेछन् । यस अघि विभागले विभिन्न विदेशी हवाई कम्पनीहरु मार्फत सो काम गराईरहेको थियो । यसबाट विदेशी हवाई सेवा कम्पनीहरुलाई भुक्तानी भइरहेको करोडौं रुपैया देश भित्रै रही विदेशी मुद्रा सञ्चितीमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

सम्झौतामा नेपाल वायुसेवा निगमको तर्पmबाट महाप्रबन्धक डिम प्रसाद पौडेल र हुलाक सेवा विभागका तर्पmबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका थिए ।