neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा

Jun 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार १५

स्विट्जरल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।सोमबार राति भएको खेलमा स्विट्जरल्यान्डले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित र थप समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा स्विट्जरल्यान्ड ५–४ ले विजयी भयो ।

स्विट्जरल्यान्डका लागि पेनाल्टी सुटआउटमा मारियो गेभानोभिक, फाबियन,म्यानुएल अकान्जी, रुबेन वर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरेका थिए । फ्रान्सका केलियन एमबाप्पे गोल गर्न चुकेका थिए ।एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपरले बचाएका थिए

पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभियर जिराउड, मार्कस थुरम र प्रेसनल किम्पेम्बेले गोल गरे ।

जितसँगै स्विट्जरल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रान्स अन्तिम १६ बाट बाहिरिएको छ ।स्विट्जरल्यान्डले अब क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi