neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • क्रोएसियालाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

क्रोएसियालाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

Jun 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार १५

स्पेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।सोमबार राति भएको खेलमा स्पेनले क्रोएसियालाई ५-३ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

स्पेनलाई जित दिलाउन पाब्लो सरबिया, सिजर अज्पिलिकुइटा,फेरन टोरेस,अल्वारो मोराटा र माइकल ओयर्जाबालले एक-एक गोल गरे ।क्रोएसियाका मिसलाभ ओर्सिक र मारियो पासालीचले एक एक गोल फर्काए ।क्रोएसियाले एक गोल आत्मघाती उपहार पाएको थियो ।

जितसँगै स्पेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्रोएसिया अन्तिम १६ बाट बाहिरिएको छ ।स्पेनले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi