neapl investment mega bank

नेप्सेमा झिनो अंकले सुधार

Jun 28th, 2021

काठमाडौ, असार १४

नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार भने पाँच दसमलव ११ अंकले बढेर २८ सय ७५ दसमलव ४९ अंकमा पुग्दा सेन्सिटिभ पनि चार दसमलव १७ अंकले बढेर पाँच सय ३३ दसमलव ५७ अंकमा चढेको छ । दुुई सय १९ वटा कम्पनीहरुको ८१ हजार तीन सय पटकको कारोवारमा एक करोड ९२ लाख ८२ हजार आठ सय १५ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम भने सात अर्ब ७२ करोड ५५ लाख १२ हजार सात सय १६ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहले कमाएकाछन भने सात वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ९५ अंकले अंकले बढेर १९ सय ५० दसमलव ४४ अंकमा पुुग्दा होटल तथा पर्यटन, लघुुबित्त, जीवन बीम, सामुुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने ६५ दसमलव ९५ अंकले घटेर दुुई हजार आठ सय ९० दसमलव शुन्य आठ अंकमा पुग्दा जलबिद्युुत, फाईनान्स, निर्जिवन बीमा, टे«डिङ, उत्पादनमुुलक र अन्य समुहको सुचकहरु पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा सबैको लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा बेष्ट फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ ।