neapl investment mega bank
  • गृहपृष्ठ
  • लागू औषध सम्बन्धित सचेतनामुलक पर्चा बितरन

लागू औषध सम्बन्धित सचेतनामुलक पर्चा बितरन

Jun 27th, 2021

-बेबि राजभण्डारी

ललितपुर , १३ असार

गोदावरी नगरपालिका स्थित विभिन्न संघ संस्थाहरूले विभिन्न वडामा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेका छन्।

गोदावरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउ, गोदावरी सृष्‍टि नेपाल पुनः स्थापना केन्द्र, कोसिस फाउण्डेसन संगति बृहत्तर सेवा केन्द्र र फेडेरसन अफ डक्स डिमान्ड रिडिउसनसंगको संयुक्त सहकार्यमा जनचेतना मूलक सचेतनाका प्रचा, पम्पलेट वितरण गरिनुका साथै लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाईएको हो।

गोदावरी क्षेत्रका विभिन्न वडाहरू १, २, ३, ४, र १४ मा २६ तारिख का दिन सो कार्यक्रम मनाईएको हो।

कार्यक्रममा स्थानीयहरूको सहभागिता रहेको थियो। साथै प्रहरी निरीक्षक सुजित कुमार ओझाले दुर्व्यसनका लक्षण, यसले समाजमा हुने जोखिम र रोकथामका विषयमा पर्चा पम्पलेट वितरण गरिएको बारे आधारभुमिलाई जानकारी दिए।