neapl investment mega bank
  • गृहपृष्ठ
  • नेशनल लाईफद्धारा मृत्युुदावी भुक्तानी

नेशनल लाईफद्धारा मृत्युुदावी भुक्तानी

Jun 27th, 2021

काठमाडौ, असार १३

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेलधूरा स्थित आफनो शाखा कार्यालयमा एक कार्यक्रम आयोजना गरी स्व. पदम राज पन्तको मृत्यू दावी भूक्तानी गरेको छ । स्व.पदम राज पन्तले सन २०२१ फेब्रुअरी २२ मा ७० लाख रुपैयाँ बराबरको दोहोरो दुर्घटना लाभ सहितको १५ बर्षे अमृत सावधिक जीवन बीमा लेख खरिद गरेका थिए ।

तर सन २०२१ मार्चमा पन्तको जिप दुुर्घटनाको कारणबाट मृत्यू भएकोले कम्पनीले वीमा दावी वापत एक करोड २४ लाख ४८ हजार रुपैयाँ स्व. पन्तको इच्छाइएको व्यक्ति निजको श्रीमती बिमला देबी पन्तलाई भूक्तानी गरेको हो । उक्त रकम शैल्य शिखर नगरपालिकाका नगर प्रमूख अमर सिंह धामीको प्रमूख आतिथ्यमा कम्पनीको डडेलधूरा शाखा प्रमूखले चेक हस्तान्तरण गरेका हुुन ।