neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा

Jun 27th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार १३
इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।शनिबार राति भएको खेलमा इटालीले अस्ट्रियालाई २-१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा इटालीलाई जित दिलाउन फेडरिको चियासा र माटियो पेसिनाले एक-एक गोल गरे ।अस्ट्रियाका सासा कलाज्डिकले एक गोल फर्काए ।

खेलको निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको ९५ औं मिनेटमा फेडरिको चियासाले लियोनार्दोको पासमा गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए।

खेलको १०५ औं मिनेटमा माटियो पेसिनाले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ११४ औं मिनेटमा अष्ट्रियाका सासा कलाज्डिकले एक गोल फर्काएका थिए ।त्यसपछि कुनै गोल हुन सकेन र इटालीले जित निकालेको हो ।

जितसँगै इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इटलीले अब क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलबीचको विजेतासँग खेल्नेछ । अष्ट्रिया प्रतियोगिताबाट बाहिरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi