neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • डेनमार्क युरोकप फुटबलको क्वाटरफाइनलमा

डेनमार्क युरोकप फुटबलको क्वाटरफाइनलमा

Jun 27th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार १३

डेनमार्क युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।शनिबार राति भएको खेलमा डेनमार्कले वेल्सलाई ४-० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

डेनमार्कलाई जित दिलाउन कास्पर डलबर्गले दुई ,जोकिम मुहले र मार्टिन ब्रेथवेटले एक-एक गोल गरे ।

खेलको २७ औं मिनेटमा कास्पर डलबर्गले गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ४८ औं मिनेटमा कास्पर डलबर्गले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ८८ औँ मिनेटमा जोकिम मुहलेले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

खेलको ९० औँ मिनेटमा वेल्स १० खेलाडीमा समेटिएको थियो ।वेल्सका ह्यारी विल्सनले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो।

त्यसपछि इन्जुरी समयको चौंथो मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै टोलीलाई ४-० को सहज जित दिलाए ।

जितसँगै डेनमार्क युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । वेल्स अन्तिम १६ बाट बाहिरिएको छ ।डेनमार्कले अब सेमिफाइनलको लागि नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको विजेतासँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi