neapl investment mega bank
  • गृहपृष्ठ
  • ११ महिनामा ब्रोकर कम्पनीको आम्दानी ८ अर्ब करोड, आम्दानी पाँच गुणाले बढ्यो

११ महिनामा ब्रोकर कम्पनीको आम्दानी ८ अर्ब करोड, आम्दानी पाँच गुणाले बढ्यो

Jun 27th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार १३

बढ्दो सेयरबजारका समयमा लगानीकर्ताले त राम्रो कमाएका छन् । लगानीकर्ताले मात्रै होइन, सेयरको कारोबार गराउने ब्रोकर कम्पनीहरुले समेत राम्रो आम्दानी गरेका छन् । यो वर्षको ११ महिनामा मात्रै ब्रोकर कम्पनीले ८ अर्ब ८ करोड कमाएका छन् ।

गत वर्षको जेठ मसान्तसम्म १ अर्ब २० करोड रुपैयाँ कमाएका ब्रोकर कम्पनीको आम्दानी एक वर्षको ११ महिनामा मात्रै ५ गुणाले बढेको छ।

सेयर बजारका ब्रोकरहरुले पछिल्लो समय एकै दिनमा २२ लाख रुपैयाँसम्म आम्दानी गरेको देखिन्छ । गत जेठ ३० गते सेयरबजारमा १९ अर्ब ३५ करोडको कारोबार भयो । जुन अहिलेम्मसकै उच्च कारोबार हो । जसबाट लगानीकर्ताले मात्रै होइन, ५० वटा ब्रोकरले ११ करोड १६ लाख ३५ हजार रुपैयाँ कमाए । अर्थात उक्त दिन एउँटा ब्रोकरको आम्दानी सरदर २२ लाख ३२ हजार रुपैयाँ भयो ।

सरकारले ब्रोकर गत पुषमा ब्रोकर कमिसन् ०.४ देखि ०.६ प्रतिशतसम्म लाग्दै आएकामा घटाएर ०. २७ देखि ०.४ प्रतिशतसम्म शुल्क लाग्ने बनाएको थियो । यसका बाबजुद पनि कारोबार रकममा आएको भारि बृद्धिले उनिहरुको आम्दानीमा पनि उच्च मात्रामा बढेको छ ।

उच्च कारोबारका समयमा ब्रोकरले मात्रै होइन, नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेले पनि राम्रो आम्दानी गरेका छन् । ब्रोकर कमिसन्बाट २० प्रतिशत पाउने नेप्सेले यो वर्षको ११ महिनामा २ अर्ब २ करोड कमाएको छ जबकी गत वर्षको ११ महिनामा उसले ३० करोड मात्रै आम्दानी गरेको थियो ।

धितोपत्र बोर्डको आम्दानी पनि गत वर्षको तुलनामा आठ गुणाले बढेको छ । आम्दानी बढेपनि ग्राहकले पाउने सेवामा भने सुधार हुन सकेको छैन । बेचेको रकम समयमै भुक्तान नगरिदिने देखि ग्राहकमैत्री कर्मचारीको व्यवस्था गर्न नसकेको ग्राहकको गुनासो छ ।

आम्दानी गरेका ब्रोकरले सेवामा चुस्तता ल्याउने प्रयास गर्नु जरुरी छ । आम्दानी बढाउने मात्रै होइन, ग्राहकलाई गुणस्तरीय सेवा दिने पनि ब्रोकरको प्राथमिकतामा पर्नु पर्छ ।