neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चितुवाको छाला सहित दुई जना पक्राउ

Jun 26th, 2021

काठमाडौं, असार १२

काठमाडौं महानगरपालिका–१५ स्वयम्भूबाट १ थान चितुवाको छाला सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सिन्धुली मरिन गाउँपालिका–३ सिरटोल घर भएका ३२ वर्षीय सुशिल कुमार वाईबा र ध्याङलेख गाउँपालिका–१ अमले घर भएका ३४ वर्षीय कान्छाराम वाईबा रहेका छन् । चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी ६ लाख रुपैयाँमा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर थप अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi