neapl investment mega bank
  • गृहपृष्ठ
  • थप २ हजार १६ जनामा कोरोना सङ्क्रमण, ४९१४ जना डिस्चार्ज, ३० को मृत्यु

थप २ हजार १६ जनामा कोरोना सङ्क्रमण, ४९१४ जना डिस्चार्ज, ३० को मृत्यु

Jun 26th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १२ असार

शनिबार थप २ हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ९ हजार ५१० जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख ३२ हजार ३२६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ५१० जनाको परीक्षण भएको छ । हालसम्म ३३ लाख १७ हजार ३९ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ४९१४ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४९१४ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या पाँच लाख ८१ हजार ३२७ पुगेको छ ।

थप ३० को मृत्यु

पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५१० पुगेको छ।