आधारभूमि संवाददाता
काठमाडौँ, ११ असार
त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले अनलाईन कक्षा बन्द गरेका छन् ।
त्रिविका आंशिक प्रध्यापक संघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आंगिक क्याम्पसहरुका अनलाईन कक्षा बन्द गर्ने जनाएको छ । त्रिवि र आंशिक प्राध्यापक संघबीच भएको सहमति अनुसार सेवा सुबिधा नपाएको भन्दै उनीहरुले अनलाई कक्षा बन्द गर्ने निर्णय लिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै उक्त सम्झौता कार्यान्वयनमा नल्याउदाँ सम्म अनलाईन कक्षा बन्द गरिने र यस बाट हुने क्षती बारे त्रिवीका पदाधिकारी नै जिम्मेवार रहने विज्ञप्तीमा उल्लेख गरिएको छ । अहिले देशभरका विद्यालय तथा विश्वविद्यालयमा अनलाईनको माध्यमबाट पढाई हुदैँ आएको छ ।
तर त्रिविले पुस २४ गते आंशिक प्रध्यापकहरुलाई शिक्षण सहायक सरहको सेवा सुविधिा उपलब्ध गराउने सम्झौता गरेको भएपनि हाल सम्म कार्यान्वयन नगर्दा अनलाईन कक्षा बन्द गर्न बाध्य भएको हो ।