neapl investment mega bank
  • गृहपृष्ठ
  • डा राजेन्द्र कोजूको इमानको धरहरा सार्वजनिक

डा राजेन्द्र कोजूको इमानको धरहरा सार्वजनिक

Jun 25th, 2021

काठमाडौ, असार ११

डा राजेन्द्र कोजूद्धारा लिखित कविता संग्रह इमानको धरहरा बिहीबार एक कार्यक्रमवीच सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राडा देवी नेपालले जुममार्फत् कविता संग्रहको सार्वजनिक गरे ।

कार्यक्रममा प्राज्ञ प्राडा नेपालले विमोचित कविता संग्रहबारे चर्चा गर्दै कविता संग्रहले राजनीतिक अस्तव्यस्ताकोबारे उत्कृष्ट व्यंग्य गरेको बताए । सवै नीतिको राजा राजनीति भएको र राजनीति ठिक नभएसम्म सवै क्षेत्रहरु व्यवस्थित नहुने अवस्थाको चर्चा गर्दै कविता संग्रहले राजनीतिलाई ठिक ठाउँंमा ल्याउन सहयोग गर्ने विश्वास गरे ।

लेखक डा कोजूको ४३ औ वर्ष जन्मदिनको अवसरमा कविता संग्रह विमोचन गरिएको हो । विमोचित कविता संग्रहबारे टिप्पणी गर्दै कवि पदम दाहालले शव्दमा राम्रो तर व्यवहारमा निकृष्टता देखाउने राजनीतिक दल, नेताहरुप्रति कविता संग्रहमा व्यंग्य रहेको जनाए ।

कविताका भाषा सम्पादक हरिप्रसाद ढकालले विमोचित कविता संग्रह भाषागत रुपमा मात्रै होइन, विषयगत रुपमा पनि उत्कृष्ट रहेको बताए । पूर्व प्रशाशक डा इन्दुल केसीले इमानको खडेरी परेको बेला प्रकाशित कविता संग्रह उपयोगी हुने बताए ।

पुस्तकको समिक्षा लेकख डा कोजूकी आफ्नै सुपुत्री मेरिट कोजूले गरेकी थिइन् । त्यस अवसरमा उनले कविता सवैले सजिलै बुझ्ने सरल भाषामा रहेको जनाइन् । कवितामा जनताको भाबना रहेको उनले जनाइन् ।

विमोचित कविता संग्रहमा राजनीतिक विषयवस्तु केन्द्रित ६० वटा कविताहरु संग्रहित छन् । कविता हाललाई इफर्ममा मात्रै प्रकाशित छ । भविष्यमा पुस्तक आकारमा कविता संग्रह प्रकाशित गर्ने जनाइएको छ ।