neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मेडईन ईटाली लेखिएको एउटा पेस्तोल र सोको दुई वटा गोलीसहित दुई सशस्त्र प्रहरीद्वारा जना पक्राउ

मेडईन ईटाली लेखिएको एउटा पेस्तोल र सोको दुई वटा गोलीसहित दुई सशस्त्र प्रहरीद्वारा जना पक्राउ

Jun 25th, 2021

सर्लाही, असार ११

मेडईन ईटाली लेखिएको एउटा अटो पेस्तोलसहित सशस्त्र प्रहरीले सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ शेखटोलस्थित सीमा ईलाबाट बिहिबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको सितामडी जिल्ला मौहवा ग्रामपंचायत ११ घर बताउने ४५ वर्षिय संजय कुमार भारती र भारतकै पुरनदाहा रजवरा पश्चिमी ग्रामपंचायत ५ बस्ने ४० वर्षिय उमा शंकर महतो छन् ।

भारतबाट बीआर ३० एन २०३४ नम्बरको मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त पेस्तोल तथा सोको म्याग्जीन २ वटा, गोली २ वटा, मोवाईल २ थान र १२ हजार ३ सय ९६ भारतीय रुपैयाँ फेला पारिएको हो । सशस्त्र प्रहरीले त्यसवेला उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi