neapl investment mega bank
  • गृहपृष्ठ
  • बिहीबार थप २ हजार ४७४ जनामा कोरोना सङ्क्रमण, २५१८ जना डिस्चार्ज, २४ को मृत्यु

बिहीबार थप २ हजार ४७४ जनामा कोरोना सङ्क्रमण, २५१८ जना डिस्चार्ज, २४ को मृत्यु

Jun 24th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १० असार

बिहीबार थप २ हजार ४७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार २३२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख २९ हजार ४३१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार २३२ जनाको परीक्षण भएको छ । हालसम्म ३३ लाख २ हजार ७४९ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप २५१८ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २५१८ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या पाँच लाख ७० हजार ९५८ पुगेको छ ।

थप २४ को मृत्यु

पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार ९१८ पुगेको छ।