neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • फ्रान्स समूह विजेता, पोर्चुगल अन्तिम १६ मा

फ्रान्स समूह विजेता, पोर्चुगल अन्तिम १६ मा

Jun 24th, 2021

काठमाडौँ, १० असार
फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा फ्रान्स र पोर्चुगलले २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह ‘एफ’ विजेता बनेको हो ।

खेलमा फ्रान्सको लागि करीम बेंजामाले दुई गोल गरे भने पोर्चुगलको लागि क्रिस्टिनो रोनाल्डोले दुई गोल गरे ।

खेलमा पहिलो अग्रता भने पोर्चुगलले लिएको थियो। खेलको ३० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर, पहिलो हाफको इन्जुरी समयमा फ्रान्सका करीम बेंजामाले गोल गर्दै खेल बराबरीमा फर्काए।

दोस्रो हाफको ५७ औँ मिनेटमा करीम बेंजामाले पोग्बाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरिमा फर्काए ।

तर,खेलको ६० औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा फर्काए।

सो गोलसँगै रोनाल्डोले पोर्चुगलका लागि १०९ औं अन्तराष्ट्रिय गोल पूरा गरे । रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका हुन् ।

बराबरीसँगै समूह ‘‘एफ’मा रहेको फ्रान्स ले ३ खेलबाट ५ अंक जोडेको छ र समूहको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

पोर्चुगल उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।पोर्चुगलको ३ खेलबाट ४ अंक छ र समूहको तेस्रो स्थानमा छ।अब पोर्चुगलले अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi