neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिका भित्रका धेरै जसो आयोजना कागजमा पुरा, फिल्डमा अधुरा

महालक्ष्मी नगरपालिका भित्रका धेरै जसो आयोजना कागजमा पुरा, फिल्डमा अधुरा

Jun 24th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ, १० असार

ललितपुरको महालक्ष्मी नगरपालिका भित्रका धेरै जसो आयोजना अधुरो भएको पाइएको खानेपानीमा दशौं करोड लगानी भएपनि पिउन मिल्ने कुनै छैन । ढलमा लगानी भए पनि निकास छैन । सडकमा लगानी भए पनि खाल्डा खुल्डी मर्मतमा ध्यान नदिदा पैदल हिड्न, सवारी साधन गुडाउन कठिन, बाटो ग्राभेलमा लगानी भएपानि ग्राभेलको साटो माटो हाल्नाले हिलाम्मे भएर हिड्न कठिन, पुलमा करोडौं लगानी भए पनि सडक र पुलको माटो तल माथि माटोको लेवल राम्रो संंग नमिल्दा फिलिंग नहुदा बर्षातमा पानी परिे रहने हुनाले आवत जावतमा समस्या परिरेहको दैनिक उपभाग्य बस्तु पानी ग्याँस, विरामी पर्दा एम्बुलेन्स समेत चल्न नसक्ने एक स्थानीय व्यापारी तथा चालकको भनाई छ । अर्का हार्डवेयर व्यापारीका अनुसार दैनिक गाडी ५,७ अड्केर बस्छन् ।

दैनिक ५, ७ वटा गाडी धकेल्नु परेर हैरान भएको बताउँछन् । यस महालक्ष्मी नगरपालिका सुचना अधिकारी संग बुझ्दा त्यहाँका समस्या समाधान गरिसकिएको बताए पनि हालसम्म कुनै काम भएको देखिएको छैन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi