neapl investment mega bank
  • गृहपृष्ठ
  • त्रिविको स्थगित परिक्षा साउनदेखि हुने

त्रिविको स्थगित परिक्षा साउनदेखि हुने

Jun 23rd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ९ असार

त्रिभुवन विश्वविद्यालयले स्नातक तहका स्थगित सवै परिक्षा लिने तयारी थालेको छ । करिव २० महिना देखि रोकिएको स्नातक तहको प्रथम र दोस्रो वर्षको बार्षिक परिक्षा साउन महिना भित्र हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । विद्यार्थीहरुमा परिक्षा कहिले र कसरी हुने भन्ने अन्योलता भईरहेको बेला विश्वविद्यालयले सो निर्णय गरेको हो ।

स्थगित भएका स्नातक तहका दोस्रो वर्षका बार्षिक परिक्षा साउन ५ गते देखि र पहिलो वर्षको परीक्षा साउन १० गते देखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको छ । कोरोनाको दोस्रो लहर सुरु भए लगतै जेठमा सकिने परिक्षा हुननसकेको हो ।

हरेक वर्ष प्रथमतहको परिक्षा दिने विद्यार्थी अत्याधिक हुने भएकाले विद्यार्थीहरुका लागि आफुलाई पाएक पर्ने केन्द्र रोज्न लगाई अनुकुल भौतिक उपस्थिती बाटै परिक्षा लिने तयारी भईरहेको विश्वविद्यालयको भनाई छ । साथै यो वर्ष ७६ वटै जिल्ला गरी ३ सय भन्दा वढि परिक्षा केन्द्र बनाई स्वास्थ सुरक्षा मापदण्ड अपपनाएर परिक्षा गर्ने तयारी भईरहेको परिक्षा नियन्त्रक पुष्पराज जोशीले जनाकारी दिए ।

यो वर्ष मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत परिक्षार्थीहरु करिव २ लाख ५० हजार रहेका छन् । त्यसमा १२ हजार परिक्षार्थीहरु सम्पर्क विहीन भएकाले परिक्षा नियन्त्रक कार्यलयले फर्म भर्न ५ दिनको सुचना जारी गर्ने परिक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

तर यता शिक्षाविद् बालचन्द्र लईँटेलले भने यस्तो माहामारीको समयमा परिक्षाको जिम्मा कलेजका प्राध्यापकहरुलाई दिनु पर्ने बताउदै आएका छन् ।कोरोना महामारीका कारण परिक्षा स्थतिगत भएपछि त्रिवीमा अहिले स्नातक तहको परिक्षा दिने दुईवटा समुह रहेका छन् ।

विद्यार्थी संख्या धेरै भएका कारण अनलाईन या अन्य माध्यमबाट परीक्षा लिन सम्भव नभएपछि पुरानै मोडलमा परिक्षा लिन लागिएको त्रिविको भनाई छ ।