काठमाडौ, असार ९
वेष्ट फाईनान्स कंपनीले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ । यही असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतीकाकारण त्यस क्षेत्रमा विजुली बन्द भएको र उज्यालोबाट बन्चित विपदमा परेका हेलम्वु क्षेत्रका जनतालाई तत्काल राहत दिने उदेश्यले ४८ थान सोलार प्यानल हेलम्वु गांउपालिकाको कार्यालयलाई हस्तान्तरण गरिएको जनाएको छ । फाईनान्सको टोली सिन्धुपाल्चोकको हेलम्वु नै पुगेर उक्त सहयोग प्रदान गरेको थियो ।
काठमाडौको कमलादीमा प्रधान कार्यालय रहेको वेष्ट फाईनान्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत हेलम्बुबासीलाई यो सहयोग गरेको र भबिष्यमा पनि यस किसिमका सहयोगलाई निरन्तरता दिइने बताइएको छ ।