काठमाडौ, असार ९
नेप्से सुचक तथा कारोवार रकम दुबै नै उच्च अंकले घटेकाछन । आज बुुधबार नेप्से ५१ दसमलव ६५ अंकले घटेर २८ सय ६२ दसमलव १८ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ३७ अंकले घटेर पाँच सय २८ दसमलव ९७ अंकमा झरेको छ । दुु्ई सय १८ वटा कम्पनीहरुको ९१ हजार ७५ पटकको कारोवारमा एक करोड ९४ लाख १७ हजार पाँच सय ३२ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार छ सय ८१ रुपैयाँ पुगेको छ ।
आज सबै गरी १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २८ दसमलव ५४ अंकले घटेर १९ सय १६ दसमलव ८९ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ७१ दसमलव ४९ अंकले घटेर २८ सय १९ दसमलव ४३ अंकमा झरेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, अन्य, लघुुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा राधी जलबिद्युुत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा लिर्वर्टी इर्नर्जी कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।