neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्टर्लिङको गोलमा इंग्ल्याण्ड समूह विजेता ,चेक रिपब्लिक पनि अन्तिम १६ मा

स्टर्लिङको गोलमा इंग्ल्याण्ड समूह विजेता ,चेक रिपब्लिक पनि अन्तिम १६ मा

Jun 23rd, 2021

काठमाडौ, असार ९

इंग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।मंगलबार राति घरेलु मैदान वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डले चेक रिपब्लिकलाई १-० गोलले पराजित गर्दै समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

इंग्ल्याण्डलाई जित दिलाउन रहिम स्टर्लिङले गरेको गोल नै निर्णायक बन्न पुग्यो । स्टर्लिङले खेलको १२ औं मिनेटमा ज्याक ग्रेलिसको पासमा सो गोल गरेका हुन् ।

जितसँगै समूह ‘‘डी’मा रहेको इंग्ल्याण्डले ३ खेलबाट ७ अंक जोडेको छ र समूहको विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।

इंग्ल्याण्डसँग पराजित भए पनि चेक रिपब्लिक समूह ‘डी’ बाट यूरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ ।चेक रिपब्लिकको ३ खेलबाट ४ अंक छ र समूहको तेस्रो स्थानमा छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi