neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • निम्बसद्धारा सहायता केन्द्रहरुलाई १० लाखभन्दा धेरै मास्क वितरण

निम्बसद्धारा सहायता केन्द्रहरुलाई १० लाखभन्दा धेरै मास्क वितरण

Jun 22nd, 2021

काठमाडौ, असार ८

कोभिड–१९ को दोस्रो लहरले लिएर आएको यस कठिन समयमा जनताको सेवा गर्ने संगठन, अग्रपंक्तिका कामदार र स्वयंसेवकहरुका लागि निम्बसले मास्क र स्यानिटाइजर उपलब्ध गराएको छ । अस्पताल, क्वारेन्टिन केन्द्र, स्वास्थकर्मी र स्वंसेवकहरुलाई नेपालभरि १७२ ठाउँमा ५० भन्दा बढी संगठनहरुलाई निम्बसले १० लाखभन्दा धेरै मास्क र स्यानिटाइजर वितरण गरेको छ ।

निम्बसको प्रबन्धनिर्देशक आनन्द बगरिया भन्छन, “आफ्नो ज्यान जोखिममा राखी यस महामारी विरुद्ध लड्नुहुने सबैजनाप्रति हामी कृतज्ञ छौं । हामी सबै मिलेमा मात्र विश्वभरि चुनौती बनेको यस महामारीलाई हराउन सक्नेछौं । हामी विभिन्न संस्था र सरकारसँग सहकार्य गरेर सहायता नपाएकाहरुलाई सहयोग गर्न चाहन्छौं ।”

उच्च गुणस्तरको प्रो टेक्ट प्रोटेक्टिभ मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशतइथानोल युक्त स्यानिटाइजर उत्पादन गर्ने प्रो टेक्ट निम्बसको स्वास्थ सामाग्री उत्पादन गर्ने अंग हो । निम्बसको यस स्वास्थ्य सामाग्री बाँढ्ने कार्यलाई विभिन्न प्रतिष्ठित संस्थाहरु जस्तै नेपाल प्रहरी, एफएनसिसिआई, पत्रकार महासंघ, माइती नेपाल, नेपाल मेडिकल संघ आदिले प्रशंसा गरेको छ ।

नेपाल अहिलेको विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा धेरै जना अग्रपंक्तिमा रहेर यस संकटबाट हामीलाई बाहिर निकाल्न प्रयासरत रहेकाछन । तर वहाँहरु नै सबैभन्दा जोखिम अवस्थामा काम गरिरहेकाछन । यी अग्रपंक्तिमा रहेर सेवा दिनेहरुलाई मास्क र स्यानिटाइजर जस्ता स्वास्थ सामाग्रीहरु नेपालभरि नै उपलब्ध गराएर निम्बसले सहयोग गरिरहेको छ । यस सेवाभाव देखाउनुभएकोमा निम्बस परिवारलाई हामी हृदय देखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छौं,“ नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष शेखर गोल्छा भन्छन । कोभिड–१९ को संकटको समयमानिम्बस यस कल्याणकारी कामलाई जारी राख्नेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi