neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सेनाद्वारा काठेपुल निर्माण

Jun 22nd, 2021

मनाङ, ८ असार /रासस

मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुलको निर्माण गरेको छ । खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुई वटा अस्थायी काठेपुल निर्माण गरेको हो । चामे गाउँपालिका–४ स्थित स्याल्कु खोलामा रणदल गुल्मबाट खटिएको टोली, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहकार्यमा काठेपुल निर्माण गरिएको सेनाले बताएको छ ।

असार ४ गते अविरल वर्षापछि आएको बाढीपहिरोले मनाङ जिल्लाको विभिन्न स्थानमा पुल तथा सडक बगाएको छ । पुल बगाएपछि आवतजावतमा समस्या आएपछि अस्थायी काठेपुलको निर्माण गरिएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi