आधारभूमि संवाददाता
काठमाडौं, असार ८
सरकारले चालु आर्थिक वर्षमा कर्मचारीको तलब तथा भत्तामा ९ खर्ब ४८ अर्ब खर्चने लक्ष्य लिएको थियो । जसमध्ये अहिलेसम्म ६ खर्ब ९६ अर्ब खर्च गरेको छ। जुन लक्ष्यको ७३ दशमलव आठ तीन प्रतिशत हो ।
यता बिकास खर्च भने बिकास खर्च भनेर ३ खर्ब ५२ अर्ब छुट्टाएको थियो । तर, अहिलेसम्म जम्मा ४० प्रतिशत अर्थात १ खर्ब ४० अर्ब मात्रै खर्चन सकेको छ ।
अर्थात सरकारले बिकास निर्माणका काममा तिब्रता दिन सकेको छैन । यसैत खर्चन नसक्ने सरकारलाई पछिल्लो समय महामारीको निहु मिलेको छ ।
महामारीका कारण खर्चन नसकेको बताउँने हो भने यता राजस्वमा भने फेरी सरकारलाई महामारीको कुनै असर नै देखिदैन ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षमा १० खर्ब ११ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेकामा अहिलेसम्म ८ खर्ब ९ अर्ब संकलन भएको छ । अर्थात महामारीका बिचमा पनि सरकारले लक्ष्यको ८० प्रतिशत बराबरको रकम असुली सकेको छ ।
अब असार महिनाउच्च कर संकलन हुने महिना भएकाले लक्ष्य भेट्याउन कुनै कठिन देखिदैन ।
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष ४ खर्ब ५० अर्ब ३४ करोड रुपैयाा कर संकलनको लक्ष्य लिएको थियो । जेठसम्म लक्ष्यको ८० प्रतिशत अर्थात ३ खर्ब ७८ अर्ब ४८ करोड रुपैयाा संकलन गरेको छ ।
उसले वैशाखमा ३३ अर्ब ९९ करोडको लक्ष्य लिएकामा ३२ अर्ब ४८ करोड उठायो । अर्थात कर संकलनमा महामारीको खास कुनै असर देखिएको छैन ।
वैशाख महिनामा आयकर लक्ष्यभन्दा २२ करोड बढी अर्थात ७ अर्ब ५० करोड उठेको थियो । तर जेठमा भने विभागले लक्ष्यको आधा मात्र उठाउन सक्यो । यो महिनामा उसले ३३ अर्ब कर संकलनको लक्ष्य लिएकामा १७ अर्बभन्दा बढी उठाउन सकेन । कर बुझाउने म्याद थपेको र आर्थिक क्रियाकलाप पनि बढ्न थालेकाले असार मसान्तसम्म लक्ष्य बराबरकै रकम उठ्ने देखिन्छ ।
भन्सार विभागका अनुसार भन्सार राजस्व जेठ मसान्तसम्म लक्ष्यको ८६ प्रतिशत संकलन भएको छ । असार मसान्तसम्म ४ खर्ब ६२ अर्ब २६ करोड उठाउने भन्सार विभागको लक्ष्य हो । उसले अहिलेसम्म ४ खर्ब १ अर्ब उठाएको छ । अर्थात् महामारीका कारण पछिल्लो समय उपभोगमा कमि आउँदा पनि त्यसको असर राजस्वमा भने खासै परेको छैन ।
त्यस्तै गैर कर राजस्व ९८ अर्ब ८० करोड उठाउने लक्ष्य रहेकामा त्यसको आधा पनि उठेको छैन । १० खर्ब ११ अर्ब राजस्व संकलनको लक्ष्य पूरा गर्न अब १ खर्ब ९४ अर्ब उठाउनुपर्छ ।
कोभिडको दोस्रो लहर चैत अन्तिम साता सुरु भएपनि आर्थिक क्रियाकलाप भने वर्षभरि नै प्रभावित भएका छन् । तर यसका बाबजुद ८० प्रतिशत राजस्व उठ्नु सकारात्मक हो ।