neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

रुसलाई हराउँदै डेनमार्क अन्तिम १६ मा

Jun 22nd, 2021

काठमाडौ, असार ८

डेनमार्क युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।सोमबार राति भएको खेलमा डेनमार्कले रुसलाई ४-१ गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

डेनमार्कलाई जित दिलाउन मिक्केल डाम्सगार्ड,युसुफ पौल्सेन,एन्ड्रियास क्रिस्टियनसेन र जोकिम मुहलेले एक-एक गोल गरे।रुसका आर्टम डिज्युबाले एक गोल फर्काए ।

खेलको ३८ औँ मिनेटमा मिक्केल डाम्सगार्डले पिएरे इमिलको पासमा गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५९ औं मिनेटमा युसुफ पौल्सेनले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ७० औं मिनेटमा रुसका आर्टम डिज्युबाले गोल गर्दै २-१ को स्थितिमा ल्याए ।

खेलको ७९ औं मिनेटमा क्रिस्टियनसेनले गोल गर्दै डेनमार्कलाई ३-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा जोकिम मुहलेले गोल गर्दै टोलीलाई ४-१ को सहज जित दिलाए ।

जितसँगै समूह ‘बी’मा रहेको डेनमार्कले ३ खेलबाट ३ अंक जोडेको छ र समूहको उपविजेता बन्यो ।सुरुवाती दुई खेलमा पराजित भए पनि समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क युरो २०२० को अन्तिम १६ मा पुगेको छ।डेनमार्क पहिलो खेलमा फिनल्याण्डसँग १-० ले र दोस्रो खेलमा बेल्जियमसँग २-१ ले पराजित भएको थियो ।

पराजित रुस अन्तिम स्थानमा रहँदै समूह चरणबाट बाहिरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi