neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

समूह चरणमा बेल्जियमको शतप्रतिशत जित

Jun 22nd, 2021

काठमाडौ, असार ९

बेल्जियमले युरोकप फुटबलमा लगातार तेस्रो जित निकाल्दै समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।सोमबार राति भएको खेलमा बेल्जियमले फिनल्याण्डलाई २-० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे।बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो ।

पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा बेल्जियमले दोस्रो हाफको ७४ औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो ।

त्यसपछि खेलको ८१ औं मिनेटमा रोमेलु लुकाकुले केभिन डे ब्रुएनको पासमा गोल गर्दे बेल्जियमलाई २-० को जित दिलाए ।

जितसँगै समूह ‘बी’मा रहेको बेल्जियमले ३ खेलबाट ९ अंक जोडेको छ र समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

यसअघि बेल्जियमले पहिलो खेलमा रुसलाई ३-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा डेनमार्कलाई २-१ गोलले हराएको थियो ।

पहिलो पटक युरोकप खेलेको फिनल्याण्डको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ ।फिनल्याण्डले ३ खेलबाट ३ अंक जोडेको छ र समूहको तेस्रो स्थानमा रहेको छ ।

दोस्रो स्थानको डेनमार्क र चौथो स्थानको रसियाको पनि समान ३-३ अंक छ । फिनल्याण्डको अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi