neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको दोस्रो जित

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको दोस्रो जित

Jun 22nd, 2021

काठमाडौ, असार ९

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलमा दोस्रो जित निकालेको छ ।मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन अलेजेन्ड्रो गोमेजले गरेको गोल नै निर्णायक बन्न पुग्यो । गोमेजले खेलको १० औं मिनेटमा एन्जल डी मारियाको पासमा सो गोल गरेका हुन् ।

जितसँगै समूह ‘ए’मा रहेका अर्जेन्टिनाले ३ खेलबाट ७ अंक जोडेको छ र समूहको शीर्ष स्थानमा छ ।पराजित पाराग्वेको २ खेलबाट ३ अंक छ र समूहको तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi