काठमाडौ, असार ७
नेप्से आज सोमबार उच्च अंकले घटेको छ । आज नेप्से ७१ दसमलव छ अंकले घटेर २८ सय ३४ दसमलव ४० अंकमा झरेकोमा सेन्सिटिभ पनि आठ दसमलव ३७ अंकले घटेर पाँच सय २० दसमलव १८ अंकमा झरेको छ । दुुई सय २७ वटा कम्पनीहरुको एक लाख २७ हजार आठ सय ३७ पटकको कारोवारमा दुुई करोड २५ लाख २२ हजार चार सय ९१ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार छ सय ७४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३४ दसमलव २२ अंकले घटेर १९ सय एक दसमलव ६९ अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक एक सय ५० दसमलव २४ अंकले घटेर दुुई हजार सात सय ४१ दसमलव १८ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युनिभर्सल पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल पुर्नबीमा कम्पनी परेको छ ।