काठमाडौ, असार ७
कृषि विकास बैंकले कर्जाको हर्जाना व्याजमा भारी छुट दिने घोषणा गरेको छ । बैंकका अनुसार हाल कोभिड–१९का कारणले उत्पन्न विसंम परिस्थीतीलाई मध्य नजर गरि कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकहरुलाई हर्जाना व्याजमा ५० प्रतिशत देखि एक सय प्रतिशत सम्म विशेष छुटको व्यवस्था गरेको हो ।
उक्त अवसरको सदुपयोग गरी लाभांन्वित हुन आम कर्जा ग्राहकहरुलाई अनुरोध गर्दै आफुले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखाहरुमा २०७८ असार मसान्त भित्र यथाशिघ्र सम्र्पक गरी अवसरको सदुपयोग गर्न बैंकले सबैलाई आग्रह गरेको छ ।