आधारभूमि संवाददाता
काठमाडौं, असार ७
नेपाल धितोपत्र बोर्डमा अहिले ५ करोड ७१ लाख कित्ता सेयर निष्काशनका लागि आवेदन परेको छ । जसमध्ये अधिकांश जलविद्युत कम्पनी रहेको धितोपत्र बोर्ड बताउँछ ।
८ कम्पनीको पहिलो अध्ययन पश्चात धितोपत्र बोर्डले कमेन्ट पठाएको र त्यसपछि कम्पनीले थप आवश्यक कागजात पठाइसकेकाले बोर्डले अब यि कम्पनीको अन्तीम अध्ययन गर्दैछ ।
मैलुङ खोला जलविद्युत, न्यादी हाइड्रोपावर , बिन्ध्यबासीनी हाइड्रोपावर ,साम्लीङ पावर कम्पनी, हिमालयन हाइड्रोपावर बलेफि हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावर र मनकामना स्मार्ट लघुबित्त वित्तीय संस्था रहेका छन् । यि ८ कम्पनीको १ अर्ब ६० करोड बराबरको १ करोड ६० लाख ११ हजार कित्ता सेयर जारी हुन थालेका हुन् ।
बोर्डका अनुसार १४ जलविद्युत कम्पनीले प्राथमिक सेयर जारी गर्नका लागि अनुमति मागेका छन् । त्यस्तै दुईवटा जिवन बिमा कम्पनीले पनि प्राथमिक सेयर निष्काशनका लागि अनुमति लिन निवेदन दिएका छन् ।
अन्तिम चरणमा रहेका कम्पनी
कम्पनी | कित्ता | रकम |
मैलुङ खोला | ७ लाख ३६ हजार | ७ करोड ३६ लाख |
न्यादी खोला | ४० लाख ५० हजार | ४० करोड ५० लाख |
बिन्ध्यबासीनी हाइड्रोपावर | २५ लाख | २५ करोड |
साम्लीङ पावर कम्पनी | १२ लाख ३० हजार | १२ करोड ३० लाख |
हिमालय हाइड्रोपावर | २२ लाख ५० हजार | २२ करोड ५० लाख |
मनकामना स्मार्ट | ३ लाख ८९ हजार | ३ करोड ८९ लाख |
बलेफि हाइड्रोपावर | ३६ लाख ५५ हजार | ३६ करोड ५५ लाख |
बृद्ध भूमि नेपाल | १२ लाख | १२ करोड |
बोर्डका अनुसार ८ वटा कम्पनीको अहिले प्रारम्भिक अध्ययन हुँदैछ । जसमा साहस उर्जा, सयपत्री हाइड्रोपावर अपर सोलु हाइड्रोइलेक्ट्रीक, दोर्दी खोला, अपर हेवा खोला गरि ५ वटा जलविद्युत कम्पनी रहेका छन् ।
प्राथमिक अध्ययनको चरणमा रहेका कम्पनी
कम्पनी | कित्ता | रकम |
साहस उर्जा | १ करोड ५ लाख | १ अर्ब ५० करोड |
सहयात्री हाइड्रोपावर | ९ लाख | ९ करोड |
अप्पर सोलु हाइड्रो इलेक्ट्रीक | ३३ लाख | ३३ करोड |
दोर्दी खोला जलविद्युत | २९ लाख ५१ हजार | २९ करोड ५१ लाख |
अप्पर हेवा खोला | २० लाख | २० करोड |
युनियन लाइफ | ६४ लाख ५० हजार | ६४ करोड ५० लाख |
सानीमा लाइफ | ६० लाख | ६० करोड |
मानुसी लघुबित्त | ३ लाख ९३ हजार | ३ करोड ९३ लाख |
त्यस्तै युनियन लाइफ इन्सुरेन्स र सानीमा लाइफ इन्सुरेन्स रहेका छन् । यसबाहेक मानुसी लघुबित्त वित्तीय संस्थाले पनि आवेदन दिएको छ । डिस मेडियार ग्रिन भेन्चर जलविद्युतको बोर्डले प्रारम्भिक अध्ययन गरेर कम्पनीलाई प्रतिक्रिया पठाइसकेको छ ।
निषेधाज्ञाको अवस्था हटेसँगै अध्ययनको अन्तिम चरणमा रहेका कम्पनीहरुले प्राथमिक सेयर जारी गर्न सक्ने देखिन्छ । १८ वटा कम्पनीले करिब ५ अर्बको प्राथमिक सेयर अर्थात आइपिओ जारी गर्न लागेका छन् ।