neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सातै प्रदेश र सबै स्थानीय तहलाई कार्यक्रम कार्यान्वयन गर्न निर्देशन

सातै प्रदेश र सबै स्थानीय तहलाई कार्यक्रम कार्यान्वयन गर्न निर्देशन

Jun 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ६ असार

शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखाले आव २०७८–७९ मा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका कार्यक्रम कार्यान्वयन गर्न सातै प्रदेश र सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

केन्द्रले एक सूचना जारी गरी आव २०७८–७९ मा प्रदेश तथा स्थानीय तहमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतका कार्यक्रम वजेट शिर्षक अनुसारका कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

केन्द्रले विद्यालय क्षेत्रविकास कार्यक्रम अन्तर्गत पूर्वाधारयुक्त विशेष शिक्षा आवासीय विद्यालय सञ्चालन, नमुना विद्यालय सुधार गुरुयोजना अनुरुप भौतिक निर्माण, प्राविधिकधार सञ्चालन भएका विद्यालयका लागि कक्षा ११ को स्तारोन्नति र ल्याब सामग्री व्यवस्थापन अनुदान, कार्य सम्पादनमा आधारित अनुदान, विद्यालयमा पुस्तकालय स्थापना तथा व्यवस्थापन, सिकाइमा आईसीटीको प्रयोग, शिक्षक दरबन्दी तथा अनुदान शिक्षक नपाएका सामुदायिक विद्यालयलाई एकमुष्ट अनुदान, नमुना विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय योजना कार्यान्वयनका लागि कार्य सम्पादनमा आधारित अनुदान कार्यक्रमको वित्तीय हस्तान्तरण गरेको छ ।

सबैका लागि सिसु विकास कार्यक्रमका विभिन्न कार्यक्रम अन्तर्गत प्रदेश तथम स्थानीय तहमा हस्तान्तरण भएका क्रियाकलाप कार्यान्वयन गर्न निर्देशन दिएको केन्द्र को भनाई छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi