आधारभूमि संवाददाता
काठमाडौँ, ६ असार
गत वर्ष राष्ट्रिय परिक्षा वोर्डले जारी गरेको कक्षा ११ को परिक्षा सञ्चालन, मुल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७७ अनुसार विद्यालयले विद्यार्थीको मुल्यांकन गर्न पाउने उल्लेख गरेको छ ।
यसैको आधारमा विद्यालयहरुले आफ्नो अनुकुलतमा कक्षा ११ को विद्यार्थी मुल्यांकन गर्न सक्ने भएका छन् । विद्यालयले कार्यविधि भित्र रहेर आफ्नो अनुकुलतामा मुल्यांकन गर्न सक्ने राष्ट्रिय परिक्षा बोर्डका सदस्य दुर्गा अर्यालले जानकारी दिए ।
उक्त कार्यविधिमा असार मसान्त सम्म मुल्यांकन सक्नुपर्ने भनिएपनि यो वर्ष विद्यालयले आफ्नो परिस्थिती अनुकुल मुल्यांकन गर्न सक्ने उनले जानकारी दिए । तर के गर्ने भन्ने ठोस निर्णय भने भएको छैन ।
कक्षा ११ को विद्यार्थीको मूल्यांकन गर्ने अधिकार गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलाई दिएको थियो ।
कार्यविधिमा कक्षा ११ मा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीले मात्र परीक्षा दिन पाउने, विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषयहरु बोर्डमा रजिष्ट्रेसन गराउनुपर्ने र परीक्षाका लागि प्रश्नपत्र तथा उत्तरपुस्तिका पनि विद्यालय आफैंले तयार गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।