काठमाडौ, असार ६
नेप्से उच्च अंकले घटेर पुरै रातो भएको छ । आज आईतबार नेप्से ६३ दसमलव २८ अंकले घटेर २९ सय पाँच दसमलव १४ अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि १२ दसमलव ६१ अंकले घटेर पाँच सय २८ दसमलव ५१ अंकमा झरेको छ । दुई सय ३१ वटा कम्पनीहरुको एक लाख २८ हजार दुई सय ८१ पटकको कारोवारमा दुुई करोड ७३ लाख ४४ हजार पाँच सय ११ कित्ता सेयर किनबेच हुुंदा कुुल कारोवार रकम ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार दुई सय ८९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुुंदा सबै समुहको सुचक घटेर नेप्से रातै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुुचक ३५ दसमलव ४२ अंकले घटेर १९ सय ३५ दसमलव ५४ अंकमा झरेको छ भने बिकास बैंक, जलबिद्युत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल एवं पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा कुमारी बैंकको संस्थापक सेयर परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युनियन हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्र्नबीमा कम्पनी परेको छ ।