neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

पोल्याण्डसँग बराबरीमा रोकियो स्पेन

Jun 20th, 2021

काठमाडौं, असार ६

युरोकप फुटबलमा स्पेन पोल्याण्डसँग बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा स्पेनले पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा स्पेनको लागि एल्वारो मोराटाले एक गोल गरे भने पोल्याण्डको लागि रबर्ट लेवन्डोव्स्कीले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने स्पेनले लिएको थियो। खेलको २५ औं मिनेटमा एल्वारो मोराटाले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ५४ औं मिनेटमा पोल्याण्डका रबर्ट लेवन्डोव्स्कीले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

खेलको ५८ औं मिनेटमा स्पेनले पेनाल्टीको अवसर पाएको थियो ।पोल्याण्डका जाकुब मेडरले जेरार्ड मवरेनोलाई फाउल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो ।तर, जेरार्ड मोरेनोले गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लागेको थियो।

बराबरीसँगै समूह ‘ई’ मा रहेका स्पेन र पोल्याण्डले एक एक अंक बाडेका छन् ।स्पेनको २ खेलबाट २ अंक छ र समूहको तेस्रो स्थानमा छ । पहिलो खेलमा स्पेनले स्विडेनसँग गोलरहित बराबरी खेलेको थियो ।

पोल्याण्डको २ खेलबाट १ अंक छ र पुछारमा छ ।पहिलो खेलमा पोल्याण्ड स्लोभाकियासँग २–१ ले पराजित भएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi