neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

आदर्श सञ्चारले दियो मृत्यु राहत रकम

Jun 19th, 2021

बागलुङ, असार ५

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका शेयर सदस्यका परिवारको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।जिल्लाको बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरका शेयर सदस्य शेर बहादुर खनालकी आमा बसुन्धरा खनालको निधन भएको ११ औँ दिनको पुण्य तिथि पारेर बिहिबार श्रद्धाञ्जली सभा सहित मृतकका आफन्तलाई राहत रकम हस्तान्तरण गरिएको हो ।

संस्थाका बेरङ गाउँपालिका समन्वय उपसमितिका संयोजक जयराम शर्मा, सचिव देवीदत्त शर्मा, सदस्यहरु गिरी बहादुर पुन, नरबहादुर पुन र गिरी प्रसाद पौडेलले शेयर सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप ५ हजार रुपैयाँ स्वर्गीय खनालका आफन्त विशन बहादुर खनाललाई हस्तान्तरण गरिएको थियो ।

संस्थाले सञ्चालन गरेको सामाजिक सुरक्षा राहतकोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम मृत्यु राहत स्वरुप प्रदान गर्दै आएको छ । आदर्श सञ्चार सहकारी संस्थामा हाल २ हजार ७ सय जना शेयर सदस्य, ५ करोड शेयर पूँजि, ३२ करोड बचत, ३४ करोड कर्जा लगानी र ४४ करोड कुल सम्पत्ती रहेको संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi