neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स

Jun 19th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार ५

युरोकप फुटबलमा फ्रान्स हंगेरीसँग बराबरीमा रोकिएको छ। शनिबार सम्पन्न भएको खेलमा फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलमा फ्रान्सको लागि एन्टोइन ग्रिज्मानले एक गोल गरे भने हंगेरीको लागि एटिला फियोलाले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने हंगेरीले लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा एटिला फियोलाले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

तर, खेलको ६६ औं मिनेटमा फ्रान्सका एन्टोइन ग्रिज्मानले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै समूह ‘एफ’ मा रहेका फ्रान्स र हंगेरीले एक एक अंक बाडेका छन् ।फ्रान्सको २ खेलबाट ४ अंक छ र तालिकाको दोस्रो स्थानमा छ । हंगेरीको २ खेलबाट १ अंक छ र तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi