neapl investment mega bank
  • गृहपृष्ठ
  • एमाले महासचिव पोखरेलबाट आफ्नो निर्वाचन क्षेत्रका विकास योजनाको निरीक्षण

एमाले महासचिव पोखरेलबाट आफ्नो निर्वाचन क्षेत्रका विकास योजनाको निरीक्षण

Jun 18th, 2021

काठमाडौ, असार ४

नेकपा एमालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा निर्माण भइरहेका विभिन्न विकास योजनाहरुको निरीक्षण गरेकाछन ।

महासचिव पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ स्थित बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर–६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नम्बर ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलान लगायतको विकास योजनाहरुको निरीक्षण र जानकारी लिएका हुन ।

निरीक्षणका क्रममा महासचिव पोखरेलले स्थानीयहरुसँग अन्तरक्रिया पनि गरेका थिए ।पूर्व उपप्रधानमन्त्री पोखरेलले केही दिन अघि बुढानिलकण्ठ नगरपालिका कै वडा नम्बर ४ र ६ मा भइरहेका बिभिन्न विकास योजनाहरुको पनि निरीक्षण गरेका थिए ।