neapl investment mega bank
  • गृहपृष्ठ
  • थप २ हजार ७६८ जनामा कोरोना सङ्क्रमण, ४०२० जना डिस्चार्ज, ४४ को मृत्यु

थप २ हजार ७६८ जनामा कोरोना सङ्क्रमण, ४०२० जना डिस्चार्ज, ४४ को मृत्यु

Jun 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ४ असार

शुक्रबार थप २ हजार ७६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार ३७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या छ लाख १७ हजार ९४७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ३७ जनाको परीक्षण भएको छ । हालसम्म ३२ लाख ५५ हजार ५७९ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ४०२० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४०२० जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या पाँच लाख ४९ हजार ६८२ पुगेको छ ।

थप ४४ को मृत्यु

पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार ६४१ पुगेको छ।