neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लोकसेवा आयोगले लिने परिक्षाहरु अझै अन्योलमा

लोकसेवा आयोगले लिने परिक्षाहरु अझै अन्योलमा

Jun 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ४ असार

पछिल्लो समय निजामति सेवामा काम गर्न चाहने युवाहरुको संख्या बढ्दै गएको छ । अहिले ७ वटै प्रदेशमा लोकसेवा आयोगले स्थानिय तहमा काम गर्ने कर्मचारीहरुको माग गर्दै आईरहेपनि आयोगमा पदाधिकारीको नियुक्ती नहुनु तथा कोरोना महामारीका कारण यो वर्ष लोकसेवाको परिक्षा समेत अन्योलमा परेको छ ।

संघिय सकारको विस्तार संगै प्रदेश तहको मातहतमा रही स्थानियतहमा आवश्यक कर्मचारीहरु माग भईरहेका छन् । तर नेपलामा कोरोनाको महामारी र जोखिम अझै कायम रहेकाले लोक सेवा दिन तयार रहेको युवा युवतीहरु परिक्षा बारे अन्योलमा छन् ।

गत वर्ष परिक्षा दिएका निजामति सेवा तर्फका र सुरक्षा निकाय तर्फका विद्यार्थीले महामारीको विचमा परिक्षा दिए पनि खरिदार तर्पmको मुल परिक्षा भने बाँकी रहेको छ । साथै यो आर्थिक वर्ष २०७७/७८मा लिईने परिक्षाहरु भने सम्पुर्ण बाँकी रहेको आयोगका प्रवतmा तोयनारायण सुवेदीले जानकारी दिए ।

उनले भने ‘गत चैत्र १० गते बाट आयोग पदाधिकारी विहीन बनेका कारण परिक्षाहरु बारे आन्तरिक छलफल भई रहेको छ, तर पनि सातै प्रदेशको आयोग आयोग विच छलफल गरि लिने निर्णय लिनुपर्ने हो,‘अहिले त आयोग नै पदाधिकारी विहिन छ’,

उनले भने लोक सेवा आयोगको परिक्षा प्रणाली एकिकृत भएका कारण लोक सेवा आयोगमा पद रिक्त हुने वितिकै परिक्षा संञ्चालनामा झन् समस्या थपिएको छ ।
तत्काल परिक्षा सञ्चालन गर्नका लागि भने आयोगका पदाधिकारीहरु बाट निर्णय हुनुपर्ने साथै कोरोनाको जोखिम कम हुनुपर्ने र ७७ वटै जिल्लामा आवतजावतको सुविधा र परिक्षा भवनको व्यवस्था भए मात्र परिक्षा पुन सञ्चालन गर्न सकिने आयोगको भनाई छ ।

यता संविधानले लोक सेवा आयोगको कार्यक्षेत्र विस्तार गरे संगै निजामति सेवा मात्र नभई चारवटै सुरक्षा निकायहरु नेपाल प्रहरी, शसस्त्र पहरी, राष्ट्रिय अनुसन्धान विभागको र नेपाली सेनाको परिक्षा पनि लोकसेवा आयोगले लिदै आएका छन् ।

यसरी एकातिर पद रिक्तताका आधारमा परिक्षा नै अन्योलमा राख्दा लाखौँ युवाहरुको भविष्य अन्योल भईरहेको देखिन्छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi