neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेदरल्यान्ड्स युरोकप फुटबलको नकआउट चरणमा

नेदरल्यान्ड्स युरोकप फुटबलको नकआउट चरणमा

Jun 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार ४

नेदरल्यान्ड्सले युरोकप फुटबलमा लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।बिहीबार राति भएको खेलमा नेदरल्यान्ड्सले अष्ट्रियालाई २-० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्राइजले एक-एक गोल गरे।नेदरल्यान्ड्स एक गोल पहिलो हाफ र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको ११औँ मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको ६७ औँ मिनेटमा डेन्जल डम्फ्राइजले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै समूह ‘सी’मा रहेको नेदरल्यान्ड्सले २ खेलबाट ६ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पहिलो खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३-२ ले पराजित गरेको थियो ।

पराजित अष्ट्रियाको २ खेलबाट ३ अंक छ र तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३–१ ले पराजित गरेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi