neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कोपा अमेरिका फुटबलमा ब्राजिलको लगातार दोस्रो जित

कोपा अमेरिका फुटबलमा ब्राजिलको लगातार दोस्रो जित

Jun 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार ४
ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो,नेयमार,एभर्टन रिबेरो र रिचार्लिसनले एक-एक गोल गरे।ब्राजिलले एक गोल पहिलो हाफ र तीन गोल दोस्रो हाफमा गरेको हो ।

खेलको १२ औँ मिनेटमा एलेक्स सान्ड्रोले गोल गर्दे टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै टोलीलाई २-० ले अघि बढाए।

खेलको ८९ औँ मिनेटमा एभर्टन रिबेरोले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए।

त्यसपछि इन्जुरी समयमा रिचार्लिसनले गोल गर्दै टोलीलाई ४-० को सहज जित दिलाए ।

जितसँगै समूह ‘ए’मा रहेका ब्राजिलले २ खेलबाट ६ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित पेरु अंक विहीन तालिकाको पुछारमा छ ।

पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi