neapl investment mega bank
  • गृहपृष्ठ
  • सामाजिक सुरक्षा कोषमा बाध्य नपार्न बैंकका कर्मचारीको चेतावनी, आफुहरुको राम्रो तलबमा आँखा लगाएको आरोप

सामाजिक सुरक्षा कोषमा बाध्य नपार्न बैंकका कर्मचारीको चेतावनी, आफुहरुको राम्रो तलबमा आँखा लगाएको आरोप

Jun 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार ४

गत जेठ १८ गते सामाजिक सुरक्षा कोषले बाणिज्य बैंकका सिइओहरुको छाता सँगठन बैंकर्स एसोसिएसन्लाई पत्र लेख्दै कोषमा आवद्ध हुन आग्रह गर्याे । तर, यता बैंकका कर्मचारीहरु भने आफुहरुले अहिले बैंकबाट अवकाश पाउँदा राम्रो सेवा सुविधा पाउँदै आएको सामाजिक सुरक्षा कोषमा जाँदा घाटा लाग्ने भन्दै बाध्य नपार्न भनिरहेका छन् ।

उनिहरुले सरकारले बाध्य पारे आफुहरु आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् । जेठ १८ गते सामाजिक सुरक्षा कोषले एक पत्र लेख्दै बैंकर्स एसोसिएसन्को मातहतमा रहेका सबै संस्थालाई कोषमा आवद्ध हुन भन्यो । तर त्यसको भोलिपल्टनै बैंक तथा वित्त कम्पनीमा काम गर्ने कर्मचारीको मजदुर संगठन नेपाल वित्तीय संस्था कर्मचारीसंघले सामाजिक सुरक्षा कोषमा बैंकका कर्मचारीलाई आवद्ध गराउन बाध्य पार्न नहुने भन्दै बिज्ञप्ती निकालेका छन् ।

बिज्ञप्तीको अन्त्यतिर सरकारले यसमा बाध्य पारे आफुहरु आन्दोलनमा उत्रने सम्म धम्की दिएको छ । बैंक तथा वित्त संस्थामा रहेका कर्मचारीहरुले अहिले नै राम्रो सेवा सुविधा पाइरहेको उनिहरुको तर्क छ ।

आफुहरुले पाएको राम्रो तलबबाट सरकारले रकम जम्मा गरेर कोष चलाउन खोजेको उनिहरुको आरोप छ । कमाएको सम्पत्तिबाट कुन योजनामा समाबेश हुने भन्ने ब्यक्तिले रोज्न पाउनुपर्ने र सरकारले बाध्य पार्न नहुने उनिहरुको भनाई छ । अहिले आफुहरुले राम्रो सेवा सुविधा पाएको र सामाजिक सुरक्षामा जाने बित्तिकै त्यस्तो सुविधामा कटौति हुने उनिहरुको भनाई छ।

खाइपाई आएको सुविधामा कटौति हुने नगरि व्यवस्था गरिएको कोष बताउँछ । तर, यो कुरा उसले कर्मचारीलाई बुझाउन सकेको छैन । बढि पाइरहेको रकम सम्वन्धित प्रतिष्ठानले उपलब्ध गराउनुपर्ने कोष बताउँछ । बैंक तथा वित्त संस्थाका कर्मचारीले अहिले ३६ प्रतिशतसम्म कर तिर्छन् । सञ्चयकोष अथवा अन्य कोषमा तीन लाख वा तलबको ३३ प्रतिशत मध्ये जुन कम त्यो रकम काटेर कर तिर्नुपर्छ । अरु करयोग्य हुन्छ । तर सामाजिक सुरक्षा कोषमा ५ लाख सम्म घटाउन सक्छ । थप दुई लाख कर छुट पायो । यसबाहेक १ प्रतिशत सामजिक सुरक्षा कर बापत तिर्दै आएको कर पनि कोषमा सामेल भएसँगै बुझाउन पर्दैन । तर यस बारेमा कोषले पनि प्रष्ट्याउन सकेको छैन ।

श्रमिकका संगठनहरु तत्कालको लाभमा आखा लगाएका छन् । उनिहरु भविगयमा आउनसक्ने जोखिमका बारेमा नसोची सरकारी योजनाको बिरोध गरेका छन् । सरकारी योजनाको बिरोध गर्नेले आफ्नै सहकर्मिको परिवारको बिजोग हुँदा किन मौन छन् ? के त्यस्तो रकम दिलाउने उनिहरुको दायित्व होइन ?

अहिले नागरिक सञ्चय कोषमा आवद्ध हुँदा नै राम्रो सेवा सुविधा पाएको उनिहरुको तर्क छ । तर, सञ्चयकोषले दुर्घटना र अशक्तता हुँदाका बखत कुनै पनि सेवा दिदैन तर, कामको सिलसिलामा दुर्घटना भएमा सम्पुर्ण खर्च ब्यहोर्ने देखि अशक्तता भएमा पारिश्रमिकको ६० प्रतिशतसम्म रकम मासिक रुपमा प्रदान गर्छ ।

बैंकका कर्मचारीहरुले आफुहरुले राम्रो सेवा सुविधा पाउँदै आएको दाबी गरेपनि उनिहरुका आश्रित परिवार अहिले पनि सामाजिक सुरक्षा कोषमा हारगुहार गर्न जानुपर्ने स्थिती छ । तर यस बारे ट्रड युनियन जानेर पनि तत्कालको लाभ हेरेर मौन बसेका छन् ।