neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बाढी तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्वार

बाढी तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्वार

Jun 17th, 2021

काठमाडौं, असार ३

कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका १ स्थित मध्यनगरमा अविरल वर्षाको कारण अरुवा खोलामा पानीको बहाव बढ्न गई उक्त खोलाको बीच भागमा अलपत्र परेका ८ जना बालबालिकाहरुको सशस्त्र प्रहरीले असार २ गते सकुशल उद्वार गरेको छ ।

गाईवस्तु चराउन गएका उनीहरु उक्त खोलको बीच भागमा अलपत्र परेको भन्ने खबर पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जवावैराथबाट खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्वार गरेको हो ।

यसैगरी पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ स्थित थारु टोलमा अविरल वर्षाको कारण नारायणी नदिको बहाव बढ्न गई डुवानमा परेका २४ वटा घरबाट खाद्यान्न तथा अन्य सामान सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुस्ताबाट खटिएको सशस्त्र प्रहरीले उक्त घरहरुको सामान सुरक्षित स्थानमा सारेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi