काठमाडौ, असार ३
नेप्से घटेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से एक दसमलव २९ अंकले घटेर २९ सय ६८ दसमलव ४३ अंकमा झरेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ५८ अंकले घटेर पाँच सय ४१ दसमलव १२ अंकमा झरेको छ । दुुई सय २३ वटा कम्पनीहरुको एक लाख २४ हजार पाँच सय ६१ पटकको कारोवारमा दुुई करोड तीन लाख ६५ हजार छ सय ९९ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम १० अर्ब ९० करोड ४९ लाख ५८ हजार नौ सय ३५ रुपैयाँ पुुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहको सुुचक बढेर सात वटा समुहको सुचक घटेकाछन । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुुचक १० दसमलव छ अंकले घटेर एक हजार नौ सय सय ७० दसमलव ७४ अंकमा झरेकोमा जलबिद्युुत, टे«डिङ, लघुुबित्त, उत्पादनमुलक, सामुुहिक लगानी कोष र लगानी समुहको सुचक पनि घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज ९४ दसमलव २५ अंकले बढेर चार हजार सात सय २१ दसमलव १२ अंकमा चढेकोमा निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पयर्टन, फाईनान्स र अन्य समुहको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा खानीखोला हाईड्रोपावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा सिईडिबी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल पुर्नबीमा कम्पनी परेको छ ।