neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकामा विकासको नाममा मनपरी, कठिनपूर्ण यात्रा कति दिन गर्ने महालक्ष्मी नगरवासीले

महालक्ष्मी नगरपालिकामा विकासको नाममा मनपरी, कठिनपूर्ण यात्रा कति दिन गर्ने महालक्ष्मी नगरवासीले

Jun 17th, 2021

काठमाडौ, असार ३

ललितपुरको महालक्ष्मी नगरपालिका विकासको नाममा मनपरी गरेको पाइएको छ । गत आ.व. ०७६।७७ मा ४ करोड २० लाख बजेटमा निर्माण थालेको पुल हाल सम्म पनि निर्माण सम्पन्न भएको छैन । ठेकेदार कम्पनीले निर्माणमा वेवास्ता र नगरपालिकाको लापरवाहीको कारण पुल बन्न नसकेको हो हाल पुल त बनेको जस्तो देखिन्छ । तर आवत जावत गर्न गारो छ । पुल र बाटोमा माटो हाली संम्याउन नसक्दा आवत जावतमा कठिन भएको वडा नं. ७ का वडा अध्यक्ष नकुल थापाले बताए ।

त्यस बाहेक महलक्ष्मी नगरपलिका विकासको नाममा कथित ढल व्यवस्थापनको नाममा बाटो ढलान भएको एक महिना नबित्दै ढलान काट्ने, ग्राभेल उल्ट्याउने, ढल हाल्न खनेको खाडल राम्रो संग नपुरेको हँदा नारायण प्रा. वि. र खड्का टोल जाने पुलबाट पनि आवत जावतमा समस्या आएको छ । हाल निर्माण भैरहेको ढल व्यवस्थापन शहरी विकासको बजेट बाट निर्माण भएको भए पनि बजेट कहाँ कति हो भन्ने जनप्रतिनिधि कसैले नबताउने र ढलको न शुरु कहाँ बाट हुने हो कहाँ गएर अन्त हुने कुनै टुंगो छैन ।

यस विषयमा महालक्ष्मी नगरपालिकाका सूचना अधिकारी संतोष कोइराला संग बुझ्दा वडा अध्यक्ष नकुल थापाले आफूलाई कुनै जानकारी नगराएको बताए । यस वाहेक हालसाल मात्र बनेको नयाँ वडा नं. ७ वडा कार्यालय भवन समेत दोश्रो तलाका ढलान चर्केको र मूल सडकमा हिउँद वर्षामा पानी जम्ने, बिच सडकमा ढल मंगलको ढक्कन नहँदा समेत कुनै जनप्रतिनिधिहरुले दिनको ३ पटक ओहोर दोहोर गर्दा समेत मर्मत गर्न कुनै पहल नगर्ने बरु मूल सडक बनाउनु साटो शाखा सडक बनाउँदा बढी कमिशन पाइने र जनताले देख्ने र आउँदो चुनावमा धेरै मत पाउने हुनाले शाखा सडक बनाउन थालेको एक स्थानीयले आधारभूमिलाई बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi