neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • इटाली युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश

इटाली युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश

Jun 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार ३

इटाली युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।बुधबार राति रोममा भएको खेलमा इटालीले स्विजरल्याण्डलाई ३-० गोलले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।इटलीले एक खेल बाकी छँदै नकआउट चरणमा प्रवेश गरेको हो ।

इटालीलाई जित दिलाउन मनुएल लोकेटलिले दुई र सिरो इमोबाइलले एक गोल गरे।

खेलको २६ औँ मिनेटमा मनुएल लोकेटलिले डोमिनिको बेरार्डीको पासमा गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५२ औँ मिनेटमा लोकेटलिले निकोलो बरेलाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको ८९ औं मिनेटमा सिरो इमोबाइलले राफेलको पासमा गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै समूह ‘ए’मा रहेको इटालीले २ खेलबाट ६ अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित स्विजरल्याण्डको २ खेलबाट १ अंक छ र तालिकाको तेस्रो स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi