neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

आत्मघाती गोलको मद्दतमा फ्रान्सको जित

Jun 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार २

साविक उपविजेता फ्रान्सले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई १-० गोलले पराजित गरेको हो ।

जर्मनीको घरेलु मैदानमा भएको खेलमा फ्रान्सले आत्मघाती गोलको मद्दतमा जित निकालेको हो ।जर्मनीका मैट हम्मेल्सको आत्मघाती गोलबाट फ्रान्सले महत्वपूर्ण तीन अंक जोड्न सफल भएको हो ।

खेलको २०औं मिनेटमा फ्रान्सका पउल पोग्बाको पासमा लुकास हर्नान्डेजले क्रस गरेको बल बचाउने क्रममा मैट हम्मेल्सले आफ्नै पोस्टमा गोल गरेका थिए ।

जितसँगै समूह ‘एफ’मा रहेको फ्रान्सले तीन अंक जोडेको छ र तालिकाको दोस्रो स्थानमा छ ।शीर्ष स्थानको पोर्चुगलको पनि तीन अंक छ । पराजित जर्मनी अंक विहीन तालिकाको तेस्रो स्थानमा छ । हंगेरी अंक विहीन तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi