neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पोर्चुगलको जितमा रोनाल्डोले गरे दुई गोल

पोर्चुगलको जितमा रोनाल्डोले गरे दुई गोल

Jun 16th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, असार २

साविक विजेता पोर्चुगलले युरोकप २०२० मा जित निकालेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलले पराजित गरेको हो ।

पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल र राफेल गुएरेरोले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा पोर्चुगलले दोस्रो हाफमा अग्रता लिएको थियो ।खेलको ८४ औं मिनेटमा पोर्चुगलका राफेल गुएरेरोले गोल गर्दे टोलीलाई अग्रता दिलाएका थिए।

खेलको ८७ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको इन्जुरी समय रोनाल्डोले राफा सिल्भाको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै समूह ‘एफ’मा रहेको पोर्चुगलले तीन अंक जोडेको छ र तालिकाको शीर्ष स्थानमा छ ।पराजित हंगेरी अंक विहीन तालिकाको पुछारमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi